यूकेमा गरिएको एउटा अध्यययनले स्वस्थ र तन्दुरुस्त रहनका लागि धेरै परिश्रम हुने खेलकुद गर्न वा दिनहुँ दौडिने धावक बन्न आवश्यक नरहेको बरु दैनिक अनुकूल समयमा छिटोछिटो लम्केर हिँड्ने गरे मात्रै पनि व्यायामको लाभ प्राप्त हुने देखाएको छ।

उक्त विश्लेषणात्मक अध्ययनका अनुसार छ दिनमा कम्तीमा ११ मिनेट तीव्र गतिमा हिँड्ने गरेमा असमयमा हुने १० वटा मृत्युमध्ये एउटालाई टार्न सकिन्छ।
सातामा कम्तीमा १५० मिनेट व्यायाम गर्नुपर्छ भन्ने विज्ञहरूको सुझावअनुसार धेरैजसो मानिसले यस्तो कार्य गर्न सकेको देखिँदैन।

तर फिटिक्कै कसरत नगर्नुभन्दा थोरै मात्र भएपनि व्यायाम गर्नु राम्रो हुने केम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सुझाएका छन्।

सुझाव
यूकेको सार्वजनिक स्वास्थ्य सेवा प्रदायक निकाय एनएचएसको सुझावअनुसार मुटुको चाल बढ्नेगरी सबैले सातामा १५० देखि ३०० मिनेट शारिरिक व्यायाम गर्नु आवश्यक छ। अथवा सास फेर्न बल गर्नुपर्नेगरी साप्ताहिक रूपमा ७५ देखि १५० मिनेटको कडा व्यायाम गर्दा पनि हुन्छ।

अनुसन्धान टोलीले शारीरिक व्यायामका गतिविधिहरूले पुर्यानउने लाभका बारेमा पहिले गरिएका सयौँ अध्ययनहरूको विश्लेषण गरेको थियो। उनीहरूको निष्कर्षका अनुसार स्वास्थ्यविज्ञहरूले शारीरिक व्यायामका निम्ति सुझाएकाभन्दा आधा मात्रै कसरत गर्दा पनि २० जनामा एक जनालाई मुटुसम्बन्धी कार्डिओभास्कुलर रोग लाग्नबाट जोगाउन सकिन्छ।
त्यसैगरी झन्डै ३० जनामा एक जनालाई क्यान्सर लाग्नबाट जोगाउन सकिने रहेछ।

त्यस्तो व्यायामको समय भनेको सातामा ७५ मिनेट अर्थात् दिनमा ११ मिनेट हो। साइकल चलाउने, छिटोछिटो लम्किएर हिँड्ने, उकालो हिँडने, नाँच्ने अथवा टेनिसजस्तो परिश्रम लाग्ने खेल खेल्ने शारीरिक गतिविधिहरू त्यस्ता व्यायाममा पर्छन्।

व्यायाम
यो अनुसन्धानको नेतृत्व गरेका डा सोरेन ब्रागे भन्छन्, “ व्यायाम प्रभावकारी हुनका निम्ति तपाईँको शरीर बेस्सरी चलायमान हुनुपर्छ , मुटुको चाल बढ्नुपर्छ तर सास फेर्न गाह्रो नै हुनुपर्छ भन्ने छैन।”
त्यसअनुसारको कसरतले मुटुरोग र मष्तिष्काघात हुने जोखिमलाई १७% ले कम गर्न र क्यान्सरको जोखिमलाई ७% ले कम गर्न सक्ने उक्त अध्ययनले देखाएको छ।

नियमित व्यायामले शरीरमा जमेर रहेको बोसो कम गर्छ र रक्तचापलाई घटाउँछ भने त्यसले शारीरिक स्फूर्ति बढाउँछ, निद्रा लाग्न सघाउँछ र दीर्घकालीन रूपमा मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ।
एनएचएसले सुझाव गरेअनुसार व्यायाम गर्न सबैलाई सहज नहुन पनि सक्छ।

अध्ययनका क्रममा तीन जनामध्ये दुईले सातामा १५० मिनेट अर्थात् साढे दुई घण्टाभन्दा कम समय मात्र सामान्य व्यायाम गर्ने गरेको बताए भने १० जनामा एक जनाभन्दा पनि कमले मात्र हप्तामा ३०० मिनेट (पाँच घण्टा) भन्दा बढी कसरत गर्ने गरेको बताए।

फाइदा
“यदि कसैलाई सातामा १५० मिनेट मध्यम कठिनाइको व्यायाम गर्नुपर्छ भन्ने सुझाव अलि गर्न नसकिने काम हो भन्ने लाग्छ भने त्यस्ता मानिसहरूलाई हाम्रो अध्ययनको नतिजा मन पर्न सक्छ,” डा. ब्रागेले भने।

“सातामा ७५ मिनेट व्यायाम गर्न सहज हुन थालेपछि बिस्तारै त्यो समय बढाएर स्वास्थ्यविज्ञहरूको पूर्ण सुझावअनुसार नै व्यायाम गर्न सकिन्छ।”
ब्रिटिश जर्नल अफ स्पोर्ट्स् मेडिसिनमा प्रकाशित यो विश्लेषणात्मक परिणामका निम्ति व्यायामका फाइदाबारे पहिले गरिएका ठूला स्तरका झन्डै १०० वटा अध्ययन र झन्डै २०० वटा पीअर रिभ्यूड शोधहरूको अध्ययन गरेर प्रमाणको समीक्षा गरिएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार मानिसहरूले आफ्ना केही बानीबेहोरामा परिवर्तन ल्याए मात्रै पनि धेरै फाइदा हुने देखिएको छ।
बिबिसी नेपाली बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah