अमेरिकी ड्रोनसँग एउटा रुसी लडाकु विमान ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान खसेको अमेरिकी सेनाले जनाएको सँगै रुस र अमेरिकाबीच प्रत्यक्ष टकरावको सङ्केत गरेको छ।

एक विज्ञप्ति जारि गर्दै अमेरिकी सेनाले भनेको छ, “हाम्रो एमक्यू-९ विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित सञ्चालन भइरहेको बेला रुसी विमानले यसलाई रोकेर ठक्कर दियो। त्यसैले उक्त विमान दुर्घटनाग्रस्त भयो र ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भयो”

रुसले भने ड्रोनको “आकस्मिक चाल”का कारण दुर्घटनाग्रस्त भएको बताएको छ र आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप तथ्यहीन भएको बताएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू-९ रिपर ड्रोन त्यसलाई नियन्त्रण वा निगरानी गर्ने उपकरण, ट्रान्सपोन्डरहरू बन्द गरेर उडिरहेको थियो। यस सञ्चार उपकरणहरूले विमानलाई निगरानी गर्ने अनुमति दिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय