काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रमा नक्सा पास नगरी निर्माण गरेका घर टहरा खाली गर्न १५ दिने सूचना जारी गरेको छ ।

नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले १५ दिनभित्र महानगरको वडा नम्बर २६ को कार्यालयमा उपस्थित हुन भनिएको छ ।

गोरखापत्रमा बुधवार प्रकासित सूचनामा गोङ्गबु स्थित गल्फ रियल स्टेट प्रालिको नाममा दर्ता रहेका कि.नं. २२७, ७७, २९०, २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीहरूलाई कामपा २६ वडा कार्यालयमा १५ दिन भित्र उपस्थित हुन अनुरोध गरिएको छ।

उक्त सूचनामा करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको समेत उल्लेख गरिएको छ।

नेपालको संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हक उपभोग गर्नबाट जग्गा धनी वञ्चित हुन पुगेकोले काठमाडौँ महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम उक्त सूचना जारी गरिएको भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय