नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य निरन्तर महंगो भएको छ।आजको लागि राष्ट्र बैंकबाट जारी विनिमयदरमा एक डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ।

मंगलबारको तुलनामा डलरको मूल्य ४० पैसाले बढेक‍ो हो। हिजो एक डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको थियो।

आज एक युरोको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ तीन पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसा तोकिएको छ त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८७ रुपैयाँ ११ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ तीन पैसा र बिक्रीमा ९५ रुपैयाँ ४६ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ सात पैसा र बिक्रीमा ३६ रुपैयाँमा २४ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ सात पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ३५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८४ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ १४ पैसा तोकिएको छ।

बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ९४ पैसा किनबेच भएको छ।

राष्ट्र बैंकले जारी गरेको विनिमयदर भन्दा बैंक तथा मनि एक्सचेन्जहरूले कारोबार गर्ने मूल्य भने फरक-फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थिर रहेको छ। नेपाली मुद्रा र परिवर्त्य विदेशी मुद्राबीचको विनिमय दर भारतीय मुद्रासँगको विनिमय दरको आधारमा राष्ट्र बैंकले निर्धारण गर्दै आएको छ।

सेतोपाटी बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah