अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गरिने अपेक्षा गरेको भन्दै आफ्ना समर्थकहरूलाई सामूहिक प्रदर्शन गर्न अनुरोध गरेका छन्।
तर उनका वकिलहरूले कानुन कार्यान्वयन गर्ने निकायबाट कुनै खबर नआएको जनाउँदै पूर्व राष्ट्रपतिको टिप्पणी सञ्चारमाध्यमका विवरणमा आधारित रहेको बताए।
अभियोजनकर्ताहरूले ट्रम्पलाई अभियोग लगाउने सम्भावनाबारे अध्ययन गरिरहेका छन्। खबरहरूमा त्यो यो सातामा हुनसक्ने जनाइएको छ।
यदि अभियोग लगाइएको खण्डमा त्यो अमेरिकाका पूर्व राष्ट्रपतिमाथि लागेको पहिलो फौजदारी मुद्दा हुनेछ।
यो मामिला ट्रम्पको तर्फबाट उनका वकिलले माथी तस्वीरमा देखाइएकि वयस्क चलचित्रकी एक जना नायिका स्टोर्मी ड्यानीयल्स्लाई आफूसँगको सम्बन्धबारे मौन बस्न भन्दै सन् २०१६ को राष्ट्रपति चुनावअघि दिएको रकमसँग सम्बन्धित छ।
बिबिसी नेपालीमा छापिएको खबरबाट