प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

नेपाल, भुटान र लाओस सम्मिलित हुने उक्त प्रधानमन्त्री कप त्रिदेशीय शृंखलामा नेपालले भोलि बुधबार पहिलो खेलमा लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ ।

तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् ।

नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ए डिभिजन लिगमा पाँच चरणको प्रदर्शनका आधारमा नयाँ खेलाडी पहिचान गरेर सात नयाँ खेलाडीहरु चयन गरेका छन।

अभिशेक बराल, सनिस श्रेष्ठ , पदम भट्टराई, मणिकुमार लामा, नवीन लामा, सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय