इजरायलको न्यायालयसम्बन्धी एउटा विधेयक तत्काल पास गर्न नहुने र कम्तीमा अप्रिलमा हुने स्वतन्त्रता दिवसको विदासम्म कुर्नुपर्ने अभिव्यक्ति दिएका कारण रक्षामन्त्री गालान्टलाई प्रधानमन्त्री नेतन्याहुले बर्खास्त गरेपछि मध्यरातमा हजारौंको संख्यामा प्रदर्शनकारी हरु सडकमा निस्किएका छन।

केहि महिनाअघि मात्र रक्षा मन्त्री नियुक्त भएका ६४ वर्षीय पूर्वनौसैनिक कमाण्डो गालान्टले बर्खास्त हुनुभन्दा एकदिन अघि टेलिभिजन अन्तर्वार्तामा गठबन्धन सरकारले न्यायालय पुनर्संरचनासम्बन्धी विधेयक तत्काल पास गर्न नहुने बताएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नेतन्याहुले रक्षा मन्त्री योअभ गालान्टलाई बर्खास्त गरेपछि नागरिकहरू उक्त कदमको विरूद्ध सडकमा ओर्लिएका हुन्। रक्षा मन्त्री गालान्टलाई बर्खास्त गरेको विरोधमा इजरायलका केही विश्वविद्यालयले सोमबार आफ्नो पढाइ बन्द गरेका छन्। श्रमिक युनियनका नेताहरूले आम हड्तालको चेतावनी दिएका छन्।

एजेन्सीहरु