बिदा लिने सवालमा ट्रम्पले नयाँ रेकर्ड राख्न सक्ने विपक्षीको भनाइ –

वासिङ्गटनका आमअमेरिकी नागरिकजस्तै राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अगस्टको गर्मी छल्न ह्वाइटहाउसबाट केही दिने बिदा लिने निर्णय गरेका छन् । तर, उनको विश्रामलाई लिएर धेरै अमेरिकीले आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्प न्युजर्सीको निजी गल्फ क्लबमा १७ दिन लामो बिदा मनाउँदै छन् ।

आमअमेरिकी दंग
ट्रम्पलाई कहिल्यै नथाक्ने जुझारू नेता भन्नेहरू पनि उनले झन्डै तीन साता लामो बिदा लिएको सुन्दा जिब्रो काढ्न थालेका छन् । सन् २००४ मा उनले लेखेको ‘थिंक लाइक ए बिलिनियर’ नामक पुस्तकमा ट्रम्पले कार्यालयमा काम गर्न अल्छी मान्ने मान्छेले बिदा लिने उल्लेख गरेका छन् । पुस्तकमा उनले एउटा सुझाबसमेत दिएका छन्– धेरै लामो बिदा नलिनुहोस् । ‘तपार्इं काममा रमाउनु भएको छैन वा जागिर मन परेको छैन भने लामो बिदा लिनुहुन्छ,’ कर्मचारीले बिदा लिनुपर्ने कारणबारे ट्रम्पको धारणा थियो ।

 

ह्वाइटहाउस पुनर्निर्माण
राष्ट्रपतिको लामो बिदालाई ह्वाइटहाउसको पुनर्निर्माणसँग पनि जोडिएको छ । ह्वाईट हाउसको २७ कोठे वेस्ट विङ भवनका २७ वर्ष पुरानो हिटिङ, एयर कन्डिसन र भेन्टिलेसन हटाएर नयाँ राखिन थालिएको ह्वाइटहाउसकी प्रवक्ता लिन्डसे वाल्टर्स बताउँछिन् । त्यस्तै ह्वाइटहाउसको सिढी मर्मत, रंगरोगन, कार्पेट तथा पर्दाहरू फेर्ने कार्य सुरु हुँदै छ । त्योभन्दा महŒवपूर्ण प्रेस कार्यालयको छानाबाट पानी चुहिएकाले मर्मत आवश्यक देखिन्छ । ह्वाइटहाउसले यिनै विषयलाई ट्रम्पको बिदाको बहाना बनाएको छ ।

ट्रम्पको व्यंग्य
ट्रम्पको बिदा लिने निर्णयको अमेरिकाका विभिन्न पत्रिपत्रिकाले व्यंग्य गरेका छन् । बिहीबारको न्युजविकको मुख्य पेजको एउटा कार्टुनमा राष्ट्रपति एउटा कुर्सीमा झोक्राएर बसेका देखिन्छन् । उनलाई पत्रिकाले ‘अल्छी केटो’ भनेर लेखेको छ । ‘काम गर्न नपाउँदा उनी कति दुःखी होलान् ?’ म्यागेजिनले व्यंग्य गरेको छ ।

ट्रम्पको बिदाले सर्वसाधारण हैरानीमा
ट्रम्पको न्युजर्सी बसाइप्रति वेडमिन्सटरका बासिन्दा आक्रोशित बनेका छन् । ट्रम्पको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीका कारण सर्वसाधारणले अनावश्यक हैरानी खेप्नुपर्ने उनीहरूले चिन्ता व्यक्त गरेका छन् । स्थानीय विमानस्थल २० अगस्टसम्मका लागि बन्द गरिएको छ । जसका कारण ११० निजी विमान र ६० ओटा उडान रद्द गरिएका छन् । ड्रोनमार्फत राष्ट्रपतिको सुरक्षा निगरानी राख्ने गुप्तचर निकायले जनाएको छ । त्यस्तै, राष्टपतिको सवारीका कारण सडकमा सास्ती भोग्नुपर्ने चिन्ता सर्वसाधारणमा बढेको छ ।

के राष्ट्रपति बिदामा बस्नु सामान्य हो ?
पूर्वराष्ट्रपति जर्ज वासिङ्गटनको समयदेखि कार्यकारी प्रमुखले बिदा मनाउने प्रचलन बसेको हो । जर्ज वासिङ्टन नियमित बिदामा बस्थे । बिदामा बस्दा मानिस फ्रेस हुने र यसले कार्यक्षमतामा सकारात्मक असर पार्ने उनको भनाइ थियो । तर, बहालवाला राष्ट्रपति ह्वाइटहाउसमा लामो समय अनुपस्थित रहेको विषय भने दशकौँ पुरानो हो ।

अमेरिकाको राजधानी फिलाडेल्फियामा हुँदा सन् १७७९ मा तत्कालीन राष्ट्रपति जोन एडम्स ६ महिनासम्म कार्यालयमा अनुपस्थित भए । फ्रान्स र अमेरिकाबीच तनाब चुलिरहेकै वेला जोन भने आफ्नी बिरामी पत्नीको उपचारमा म्यासाचुसेट्समा बसेका थिए । देशको प्रमुख कार्यकारी पत्नीको उपचारमा खटिँदा प्रशासनिक कार्य अस्तव्यस्त भएको भन्दै उनको कडा आलोचना भएको थियो । पूर्वराष्ट्रपति बिदामा घुम्न जाने रोजाईका स्थान पनि फरक–फरक थिए । तत्कालीन राष्ट्रपति ह्यारी टुम्यान फ्लोरिडाको जंगलमा रमाउथे भने रोनाल्ड रेगन क्यालिफोर्नियामा घोडचढी गरेर बिदा मनाउँथे ।

किन आलोचनामा तानिए ट्रम्प ?
ट्रम्पले बारम्बार पूर्वराष्ट्रपति बाराक ओबामाको गल्फ खेलको मोहप्रति खिल्ली उडाउँथे । ‘म तपाईंहरूका लागि काम गर्नेछु । मलाई गल्फ खेल्ने फुर्सद हुने छैन,’ गत वर्षको राष्ट्रपति निर्वाचन अभियानमा भर्जिनियाको एउटा भेलालाई सम्बोधन गर्दै ट्रम्पले ओबामाप्रति कटाक्ष गरेका थिए ।

त्यस्तै, गत नोभेम्बरमा ६० मिनेटको कार्यक्रममा ट्रम्पले भनेका थिए, ‘जीवनमा धेरै काम गर्नुछ । म लामो समय बिदामा बस्छुजस्तो लाग्दैन ।’ तर, आफ्नै प्रतिबद्धताविपरीत ट्रम्पले लामो फुर्सद निकालेका छन् । ट्रम्पको १७ दिन लामो बिदा ओबामाले पहिलो कार्यकालको अगस्टमा लिएको बिदाको दोब्बर अवधि हो । सप्ताहन्तलाई पनि समावेश गर्ने हो भने ट्रम्पले ओबामाले भन्दा १३ दिन बढी बिदा लिइसकेका छन् । सन् २००९ को अगस्टमा बिदा लिनुअघि ओबामाले अरिजोना र कोलोराडोमा सप्ताहन्त बिताउन र भ्यालेन्टाइन डेका लागि थप चार दिन बिदा लिएका थिए । तर, ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको १ वर्ष नबित्दै ११ वटा यस्ता बिदा लिइसकेका छन् । यस हिसाबले ट्रम्पले बिदा लिने सवालमा नयाँ रेकर्ड राख्न सक्ने आलोचकहरू बताउँछन् ।

सन् २००८ मा लेखिएको पुस्तक ‘दी अटासिटी अफ होप’ मा ओबामाले कुनै पनि राष्ट्रपतिले बिदा लिन नहुने बताएका छन् । ओबामा बिदा बस्दा सोही प्रसंगलाई जोडेर विरोधीले उनलाई ‘ढोगी’ को संज्ञा दिएका थिए । ओबामाको स्वास्थ्यसम्बन्धी कानुन ओबामा केयर रद्द गर्ने कानुन खारेज गर्ने विधेयक पारित गरिने भन्दै ट्रम्पले गत नोभेम्बरमा रिपब्लिकनका सिनेटरहरूलाई बिदामा नबस्न उर्दी जारी गरेका थिए । नया पत्रिका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah