जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ ।

अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जापानले आउँदो आर्थिक वर्ष सन् २०३१ सम्ममा अवकाश उमेर ६५ वर्ष पुर्याउन हरेक दुई वर्षमा एक वर्ष थप गर्ने पनि जनाएको छ ।

सरकारको निर्णयसँगै निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तै कदम चाल्छन् वा यसलाई थप पर्खेर सरकारी निर्णयको कार्यान्वयनको प्रभावलाई हेर्छन् भन्नेतर्फ सबैको ध्यान केन्द्रित भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।