वैदेशिक रोजगारीका लागि न्युरजिल्याण्ड पठाइ दिनेभन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ३ पुछारबजारका ३८ वर्षीय हरिजंग गरूङ रहेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले उजुरीका आधारमा खोजतलास गर्ने क्रममा टोखा नगरपालिका ६ बानियाँटारबाट पक्राउ गरेको जानकारी दिए।

गरूड राजेश श्रेष्ठसमेत पीडितलाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइ दिने र त्यहाँ प्रतिष्ठित होटलमा रोजगारी लगाइ दिनेभन्दै ५ लाख बढि रकम लिएर फरार रहेका थिए।

उनी फरार रहेको थाहा पाएपछि पीडितले वैदेशिक रोजगारीमा उजुरी दिएका थिए। पक्राउ परेका गरूडलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग पठाइएको प्रहरीले जनाएको छ।