इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंग्लोरले लखनउ सुपर जायन्ट्सको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल साँझ ७:४५ देखि लखनउस्थित अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

घरेलु टोली लखनउ आज बैंग्लोरलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । दोस्रो स्थानमा रहेको उसले ८ खेलमा ५ मा जित र ३ खेलमा हारको सामना गरेको छ ।

छैटौँ स्थानमा रहेको बैंग्लोरले ८ खेल खेल्दा ४ मा हार तथा ४ खेलमा जित हात पारेको छ । ऊ आज लखनउविरुद्ध जित निकाल्दै ९ खेलबाट १० अंक जोड्ने योजनामा छ ।

जारी सिजनमै लखनउले बैंग्लोरविरुद्ध १ विकेटको रोमाञ्चक जित हात पारेको थियो । ऊ आज पनि बैंग्लोरलाई हराउँदै लगातार दोस्रो जित हात पार्न चाहन्छ ।

अहिलेसम्म बैंग्लोर र लखनउले एकअर्काविरुद्ध तीन खेलमा प्रतिस्पर्धा भएको छ । जसमा बैंग्लोरले २ र लखनउले १ खेल जितेका छन् । गत सिजन भएको दुवै खेलमा बैंग्लोरले लखनउलाई हराएको थियो ।

जारी संस्करणमा बैंग्लोरका लागि फाफ डु प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । लखनउका कायल मेयर्स, केएल राहुल, निकोलस पूरन र मार्कस स्टोइनिस लयमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय