हलिउड फिल्मका लेखकहरू मंगलवारबाट हडतालमा जाँदैछन् ।

राइटर्स गिल्ड अफ अमेरिकाका ११ हजारभन्दा बढी सदस्यहरू सन् २००७ पछि पहिलोपटक हडतालमा जान लागेका हुन् । उनीहरूको हडतालपछि अनेकौं टेलिभिजन शोको निर्माण रोकिने पक्का छ ।

‘हामीले सही सहमतिका लागि छलफल गरेका थियौं तर फिल्म स्टुडियोहरूले हाम्रो प्रस्तावमा उचित प्रतिक्रिया दिएनन्,’ युनियन नेतृत्वले बयान जारी गरी बतायो ।

‘उनीहरूले आफ्ना श्रमिकहरूलाई ढोका बन्द गरिदिएका छन् भने लेखनलाई स्वतन्त्र व्यवसाय बनाउन खोजेका छन् । हामी त्यस्तो हुन दिँदैनौं,’ बयानमा थपिएको छ ।

स्टुडियोहरूले पारिश्रमिक बढाउने आफ्नो प्रस्तावमा पुनर्विचार गर्ने भने पनि लेखकहरूका कतिपय माग पूरा गर्न नसकिने जनाएका छन् ।

विशेषगरी अनिवार्य रूपमा लेखकलाई जागिरे बनाउनुपर्ने र रोजगारीको अवधि तोक्नुपर्ने लगायतका मागलाई स्टुडियोहरूले पूरा गर्न हिचकिचाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय