यूकेका साथै अन्य देशका दशौँ लाख मानिसहरू धार्मिक एवं परम्परागत समारोहको सम्मिश्रण हुने राजा चार्ल्स तृतीयको राज्याभिषेकको उत्सव मनाउने प्रतीक्षामा छन्।

मे ६ तारिखका दिन उक्त समारोह लन्डनस्थित वेस्टमिन्स्टर एबीमा हुने छ। जहाँ राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट कमिलालाई राजमुकुट पहिर्‍याइने छ। सन् १०६६ यता त्यहाँ त्यसरी राजमुकुट पहिरिने उनी ४०औँ शासक हुने छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भव्यता र औपचारिकताको उक्त दिन १,००० वर्षभन्दा अगाडिदेखि अभ्यास हुँदै आएका कतिपय परम्परा प्रदर्शन गरिने छ।