अमेरिकाको टेकससमा एक बन्दुकधारी व्यक्तिले गोली चलाइ ८ जनाको हत्या गरेको छ। सिटी अफ एलेन्समा रहेको एक सपिङ सेन्टरमा गोली चलेको हो।

सो घटनामा मारिनेमा बालबालिका पनि रहेको र ७ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोली चलेपछि प्रहरीले मलमा रहेका सयौं व्यक्तिलाई बाहिर निकालेको थियो।

प्रहरीले गोली चलाउने व्यक्तिको पनि जवाफी कारवाहीका क्रममा मृत्यु भएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

अमेरिकामा यो वर्षमा मात्रै १९८ वटा गोलीकाण्ड भइसकेको छ। गत सातामात्रै टेकससमा एक व्यक्तिले पाँचजनाको गोली चलाइ हत्या गरेका थिए।