बेलायतमा राजतन्त्र बिरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी ब्यक्ति पक्राउ परेका छन् । शनिबार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार बेलायती राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने बिरोधी समूहका नेतासहित ५० जना भन्दा बढीलाई पक्राउ गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले राज्यभिषेक समारोह चलिरहेको बखतमा मध्य लण्डनको ट्राफलगर स्कवायर लगायतकाका स्थानमा बेलायती राजसंस्था विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

राजतन्त्र बिरोधी अभियानका बिरोधी नेता ग्राहम स्मिथसहित ५० जना बढीलाई पक्राउ पर्नु अघि प्रदर्शनकारीहरुले ‘नट माई किङ’ जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले टिसर्टमा राजतन्त्र बिरोधी नारा लेखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सो प्रदर्शन त्यही बेला गरिरहेका थिए, जुन बेला राजा चार्ल्स तृतियाको लन्डनमा भब्य राज्यभिषेक समारोह चलिरहेको थियो । यसरी पक्राउ परेका माथि सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।