सियोल । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर, दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।

एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समयानुसार बिहान ९ः३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो । युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो ।

विमानमा सवार एक पाइलट दुर्घटना हुनुअघि भागेका थिए । लडाकु विमानको अधिकांश भाग जलेको छ । घटनास्थल नजिक कुनै घरलगायत अन्य संरचना नभाएकाले अरू कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् । रासस/सिन्हृवा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय