भ्रष्टाचारमा मुछिएका सांसदहरू विदेश भाग्नसक्ने जोखिमलाई मध्यनजर गरेर उनीहरूको राहदानी जफत गर्नुपर्ने रास्वको माग छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डीपी अर्यालले भ्रष्टाचार प्रकरणमा जोडिएकाहरूको राहदानी तत्कालै जफत गर्न माग गरेको छ । उनीहरू विदेश भाग्नसक्ने जोखिमलाई मध्यनजर गरेर उनीहरूको राहदानी जफत गर्नुपर्ने अर्यालले बताए ।

“अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने रास्वपाले सडक र सदनबाट जनताको आक्रोशलाई साथ दिनेछ । देश छाडेर भाग्न सक्ने जोखिम भएकाले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस्,” अर्यालले भनेका छन् ।

उनले संसद्‌मा भएको छलफलका आधारमा अर्थ नीति बन्नुपर्ने बताए । “सत्ताले सधैँ जनताकै लागि काम गर्ने हो भन्ने महसुस हुनुपर्छ । ऋण लिएर उद्यम गरेकाहरू, सरसापटसम्म खोज्दा नपाएकाहरू साना व्यवासायीहरू, सटर भाडामा लिन नसकेका व्यापारीहरू र सटर भाडामा नलागेका घरधनीहरू पनि कपी-कलम लिएर बस्नुभएको होला ।

उहाँहरूले यो सिद्धान्त र प्राथमिकता सुन्दा के टिप्नुभयो होला ? त्यो वर्गलाई नछोइकन घाउ लागेको अर्थतन्त्रको उपचार होला त ? गल्ती दोहोर्‍याउने छुट छैन । संसद्‌मा भएको घनिभूत छलफलकै आधारमा अर्थ नीति बनोस् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय