नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार दिउँसो बृहत् नागरिक आन्दोलनले भद्रकालीमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले ‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, खोई कर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात, टोपबहादुरलाई ओलीको साथ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र नेकपा एमालेका उच्च तहका नेताहरू मुछिएका छन्। ठूला नेताहरू मुछिएकाले यो प्रकरणको प्रभावकारी छानबिन गर्न दबाब दिनका लागि प्रदर्शन गरिएको हो।