क्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

बबरमहलस्थित जिल्ला अदालत काठमाडौंले बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं‌बाट दिउँसाे उनलाई वीर अस्पतालमा लगी स्वास्थ्य परीक्षण गरेर सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकाे थियाे । त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।

बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय