बबरमहलस्थित सरकारी वकिल कार्यालय आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सरकारी विकल कार्यालयमा पुर्‍याएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा परेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै नाराबाजी हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो। प्रहरीले सरकारी वकिल कार्यालय प्रांगणबाट सर्वसाधारणलाई बाहिर निकालेका छन्। उनीहरूलाई नाराबाजी नगर्न प्रहरीले अनुरोधसमेत गरेका छन्।

सर्वसाधारणहरू यतिबेलला माइतीघर-बानेश्वरको मूल सडकमै निस्किएका छन्। 'भीडमा पक्ष विपक्षका दुवैतिरका मान्छेहरू हुनसक्छ। नाराबाजी गर्दा एपआपासमा झडप हुने खतरा हुनसक्छ। त्यही भएर हामीले उहाँहरूलाई प्रांगण क्षेत्रबाट बाहिर निकालेका हौं,' एक प्रहरीले भने।