कोलम्बियामा विमान दुर्घटना भएको दुई सातापछि ११ महिनाको एक शिशुसहित चार जना जीवितै फेला परेका छन्।

मे १ मा कोलम्बियाको अमेजनमा भएको विमान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो। विमानमा सवार अन्यको खोजीकार्य भने चलिरहेको थियो। यसै क्रममा हालै दुर्घटना भएको झण्डै दुई सातापछि बुधबार चार बालबालिका जीवितै फेला परेको त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार सेनाले कठिन खोजी अभियान चलाएका थिए। सोही क्रममा बुधबार ती चार जना जिवितै फेला परेका हुन्।

भेटिएका चार बालबालिकामध्ये ११ महिनाको बच्चा पनि रहेको उनले जनाएका छन्। खोजी अभियानमा १०० भन्दा बढी सैनिकहरू संलग्न रहेका थिए।

दुर्घटनापछि बालबालिका दक्षिणी काक्वेटाको जंगलमा घुमिरहेको अधिकारीहरूले बताएका छन्। यी बालबालिकाको उमेर ४, ९ र १३ वर्ष रहेको बताइएको छ। र एउटा बच्चा मात्र ११ महिनाको छ।

खोजी कार्यका क्रममा एक बालकको पिउने बोतल र आधा खाएको फल फेला परेको थियो। त्यसपछि खोजी तीव्र पारिएको थियो।

यसअघि सोमबार र मंगलबार सैनिकहरूले पाइलट र दुई वयस्कको शव फेला पारेका थिए।