प्रिमियर लिग क्लब लिभरपुलका चार खेलाडीले जारी सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् ।

फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन सकाप्त भएपछि क्लब छाड्ने लिभपुरले जनाएको छ । लिभरपुलसँग चारै खेलाडीको सम्झौता यसै समरमा सकिँदैछ ।

लिभरपुलले २०१९ मा च्याम्पियन्स लिग र २०१९-२० को सिजन प्रिमियर लिगको उपाधि जित्दा चार खेलाडी टिमको सदस्य थिए ।

लिभरपुलले बउने शनिबार घरेलु मैदानमा हुने एस्टन भिल्ला विरुद्धको खेलमा चार खेलाडीलाई विशेष सम्मान गर्ने जनाएको छ ।

उक्त खेल यस सिजन लिभरपुलले घरेलु मैदानमा खेल्ने अन्तिम खेल हुनेछ । मिलनर र फिर्मिनो २०१५ मा लिभरपुल पुगेका थिए ।

म्यानचेष्टर सिटीका पूर्व खेलाडी समेत रहेका मिलनरले लिभरपुलका लागि ३३० खेल खेले ।

३७ वर्षीय मिलनरले प्रिमियर लिगमा कुल ६१७ खेल खेलेका छन् र उनी सर्वाधि खेल खेल्ने सूचीमा तेस्रो स्थानमा छन् । फिर्मिनोले २५४ खेलमा ८० गोल गरेका छन् ।

३१ वर्षीय फिर्मिनोसँगै मोहमद सलाहा र साडियो मानेको ट्रिओ लिभरपुलमा खुबै जमेको थियो ।

केइटाले लिभरपुलका लागि ११९ खेल खेल्दै ११ गोल गरेका छन् भने चेम्बरलेनले १४६ खेलमा १८ गोल गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय