फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोनले टिकटक जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु पर्ने जनाएका छन् । एक अरबी मुलका किशोरलाई प्रहरीले गोली हानी मारेपछि फैलिएको दंगामा टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग भएको भन्दै प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको हो ।

यो प्रस्ताव उनले आपतकालीन बैठकमा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दंगा रोक्न सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ ।

म्याक्रोनले आफ्नो आपतकालीन बैठक पछि भने, ‘स्नापच्याट र टिकटक जस्ता सोशल मिडिया प्लेटफर्महरूले दंगालाई बढावा दिन ठूलो भूमिका खेलेको छ।’ उनले आफ्ना छोराछोरीलाई घरबाहिर ननिस्कन अभिभावकलाई अपिलसमेत गरेका छन् ।

फ्रान्समा प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएपछि शुरु भएको हिंसा र दंगाको आज पाँचौं दिन हो । चौथो रातको लागि प्रदर्शनकारीहरूलाई सामना गर्न हल्का सशस्त्र सवारी साधनसहित ४० हजार प्रहरी तैनाथ गरिएको छ ।

यसरी हालसम्म हजार जना पक्राउ परेका छन् । नाहेल नामकी किशोरको हत्याको भिडियोले मानिसहरूलाई यसरी आक्रोशित बनाएको छ कि स्थिति अझै नियन्त्रणमा छैन।

यसैबीच मृतक किशोरीकी आमाले छोराले न्याय पाउनुपर्ने बताएकी छिन् । फ्रान्स–५ सँग कुरा गर्दै मृतक नाहेलकी आमा मौनिया एमले भनिन्, ‘मेरो छोरा मेरो जीवन थियो । उहाँ मेरो मुटु थियो । मेरो एक मात्र छोराको हत्या गर्ने प्रहरीसँग म धेरै रिसाएको छु। मेरो छोराले न्याय पाउनुपर्छ । कुनै पुलिसले बन्दुक लिएर हाम्रा बालबालिकालाई गोली हान्न सक्दैन, हाम्रा बालबालिकालाई मार्न सक्दैन् ।’

अभियुक्त प्रहरी पक्राउ पर्दा पनि देश जलिरहेको छ । जनताको आक्रोश अझै रोकिएको छैन । आन्दोलनकारीले विद्यालय, कलेज, सिटी हल, टाउन हल, सामुदायिक केन्द्र, प्रहरी चौकी, मल र पसलमा आगजनी गरेका छन् । केही क्षेत्रमा कर्फ्यू लगाइएको छ भने केही क्षेत्रमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । यातायात सेवा बन्द छ। सामाजिक सञ्जाल अनुगमन भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय