हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासको चेतावनीलाई गम्भीरतापूर्वक लिएको बताएको छ । ह्वाइट हाउसले हमास–इजरायल युद्धको अवस्था र बन्धक पारिएकाको बारेमा नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभएको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि गएको शनिवार आक्रमण गरी केहीलाई अपहरण गरेको छ । घटनामा कम्तीमा ११ जना अमेरिकी नागरिकको ज्यान गएको छ । बाइडेनले ह्वाइट हाउसबाट पछिल्लो अवस्थाबारे सम्बोधन गर्ने तयारी गर्नुभएको सीएनएनले जनाएको छ ।

हमासले झण्डै १ सय ५० जनालाई बन्धक बनाएको विवरण छ । यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू समेत रहेका छन् । शनिवारयता युद्धमा मारिनेको सङ्ख्या एक हजार सात सय ५० जनाभन्दा धेरै पुगेको छ । इजरायलतर्फ एक हजार आठ जना र प्यालेस्टिनतर्फ सात सय ६५ जनाको शव भेटिएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय