जापानको फुकुसीमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहिबार भेटिएको छ ।
दोस्रो विश्वयुद्धको समयमा सन् १९४५ को अगस्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारण एटम बमले हमला गरेको थियो । ६ अगस्ट सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमामा र ९ अगस्टमा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रममा २ लाखख भदाबढी नागरिकको ज्यान गएको थियो ।
फुकुसीमामा रहेको परमाणु ऊर्जा केन्द्रको परिसरमा सो बम भेटिएको एजेन्सीलाई उद्धृत गर्दै आजको राजधानीले खबर लेखेको छ ।
सो केन्द्रको परिसरमा सवारीसाधन पार्किङका लागि पार्किङस्थल निर्माण गर्ने क्रममा मजदुरहरूले खन्दा सो नपड्किएको बम भेटिएको हो । सुरुमा सो शंकास्पद वस्तु के हो भनेर मजदुरले खबर गरेर हेरिएको र पछि सो वस्तु नपड्किएको बम नै रहेको पत्ता लागेको परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन् ।



