भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग राहोटेलष्ट्रिय जनता पार्टीका शीर्ष नेताले होटेल सोल्टीमा सामूहिक भेटवार्ता गरेका छन् ।
राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र राय यादवले स्वराजसँग भेटेका हुन् ।
भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन तथा मधेसकेन्द्रित दलहरूबीचको एकतालगायतका बारेका छलफल भएको एक नेताले जानकारी दिए । तर, उनले कुराकानीबारे विस्तृतमा बताएनन् ।
राजपा नेताले संविधान संशोधन, चुनावलगायतका विषयमा जानकारी दिएका थिए ।
नयाँ पत्रिकाबाट




