कैलाली :जिल्लाको चुरे गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवा सहित हरेक महिना अल्ट्रासाउन्ड सेवा समेत बिस्तार गरिएको छ ।
पालिका भित्र रहेका ०९ वटै स्वास्थ्य ईकाई मार्फत बिगत दुई बर्ष यता नियमित रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउन थालिएको चुरे गाउँपालिकाका स्वास्थशाखा प्रमुख गजेन्द्र बिष्टले जानकारी दिनुभएको हो ।

पालिकामा हाल ३ वटा स्वास्थ्य चौकी, २ आधारभूत स्वास्थ्य चौकी तथा ४ सामुदायिक स्वास्थ्य ईकाई रहेका छन् । बिरामिको सहजताका लागि २ वटा एम्बुलेन्स सेवा समेत संचालित रहेको प्रमुख बिष्टले बताउनु भयो।

कैलाली आफैमा सुगम् जिल्लाका रुपले परिचीत भएपनी मोहन्याल र चुरे गाउँपालिका भौगोलिक तथा बिकासका दृष्टिकोणले अझैँ पछाडी परेका छन् ।

बिबिध समस्याका बिच चुरे गाउँपालिका आधारभुत स्वास्थ्य सेवा विस्तारमा सक्षम बन्दै गईरहेको र आगामी दिनमा स्वस्थ्य सेवालाई केन्द्रमा राखी काम गरिने गाउँपालिका उपाध्यक्ष धना देवि थापाले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय