चार अरब मुलुकहरूले कतारमाथि लगाएको नाकाबन्दीका कारण त्यहाँ कार्यरत विदेशी कामदारहरू मर्कामा परेका छन् ।
तेलको मूल्य घट्दा अनि सन् २०२२ मा हुने फूटबल विश्वकपसँग सम्बन्धित परियोजनाहरूको सामान आपूर्तिमा समस्या आउँदा उनीहरू मर्कामा परेका हुन् ।

कतारको कफाला प्रणालीले गर्दा कामदारहरू सहजै आवागमन गर्न पाउँदैनन् ।

कतारसँग साउदी अरबको जमीनी नाका जोडिएको छ र साउदीले नाका बन्द गर्दा ताजा तरकारी आउन पाएको छैन । यसले गर्दा तरकारीको भाउ ह्वात्तै बढेको छ ।

यसकारण नेपाल र भारतबाट त्यहाँ पुगेका कामदारहरूले ऋण खोज्न बाध्य हुनुपरेको छ । उनीहरू औसतमा ८०० रियाल कमाउँछन् ।

कतारको २७ लाख जनसंख्याको ९० प्रतिशत विदेशी कामदार छन् ।

दक्षिण एसियाली कामदारहरू साउदी अरबमा रहेका कतारी खेतमा अड्किएका छन् र उनीहरूले खान समेत पाएका छैनन् । कतारी रोजगारदाताहरू भागेपछि विदेशी कामदार बिचल्लीमा परेको ह्युमन राइट्स वाचको एक प्रतिवेदनमा उल्लेखित छ ।

अघिल्लो साता दोहाका होटेलहरूमा काम गर्ने दर्जनौं भारतीय तथा अफ्रिकी कामदारलाई बेतलबी बिदा लिन लगाएर देश फर्कन भनिएको थियो किनकि नाकाबन्दीका कारण होटेलमा पाहुना आएका छैनन् ।

‘हाम्रा कोठाहरू सप्ताहान्तमा आउने साउदीहरूले भरिन्थे तर उनीहरू कतार आउनै छोडे । हामीहरू कामदारलाई खाली कोठा सफा गर्नका लागि राख्न सक्दैनौं,’ दोहाका एक होटेल म्यानेजरले बताए ।

कतार सरकारले चाहिँ होटेलका कोठाहरू खाली भएको खबरलाई अस्वीकार गरेको छ र विश्वकप आयोजनको तयारीमा कुनै असर नपरेको बताएको छ ।

कतारको अर्थतन्त्रलाई प्राकृतिक ग्यासका भण्डारहरूले चलायमान राखेको र वर्षौंको नाकाबन्दीले पनि असर नपार्ने अधिकारीहरू बताउँछन् ।

तर यस संकटका कारण कामदारहरूको हित पनि भएको छ । अघिल्लो बुधवार कतारले भारतीय तथा अन्य दर्जनौं नागरिकलाई भिसाविना नै कतार प्रवेश गर्ने अनुमति दिने योजना सार्वजनिक गरेको थियो ।

कतारको अमिरले अघिल्लो महिना दुर्लभ सार्वजनिक भाषण गर्दै देशमा रहेका विदेशी कामदारको योगदानप्रति आभार प्रकट गरेका थिए ।

‘विदेशीहरूले यो देश बनाएका हुन् । उनीहरूविना बाँच्न सकिन्न भन्ने कतारलाई थाहा छ,’ दोहाको गेट मलमा कार्यरत मारी त्रिचिया भन्छिन् ।

रोयटर्सबाट / लोकान्तर बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah