दमक/ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा सुन्दरदिप आङदेम्बे निर्वाचित भएका छन् । दक्षिण कोरियामा हालै सम्पन्न दशौ अधिबेशनले आगामी तीन वर्षका लागि आङदेम्बेको अध्यक्षतामा चुम्लुङको नयाँ कार्य समिति चयन गरेको हो । उनी दमक–१ का निवासी हुन् । लिम्बु जातिको सामाजिक संस्थाको रुपमा स्थापित चुम्लुङ त्यहाँ सक्रिय संस्थाका रुपमा चिनिन्छ ।

सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा मिराक लिम्बु अग्नी, उपाध्यक्षहरुमा क्रमशः मञ्जु लावती ,मोहन जबेगू ,गजेन्द्र सेर्मा , ज्ञानु फियाक र दिपेन तुम्खेवा चुनिए ।

यस्तै महासचिवमा प्रबेश फियाक, सचिवमा मौसम चेम्जोङ ,सह–सचिवमा सुष्मा थेबे , कोषाध्यक्षमा टिका थेगिम र सह–कोषाध्यक्षमा सम्राट चेम्जोङ चुनिएका छन् । यसैगरि समितिको सदस्यहरूमा नरेन्द्र योङ्हाङ्, पबित्रा थेबे, कबिन्द्र तुम्बापो , सन्तोष आँखेवा , जितेन नेम्बाङ् , सुदिप शेर्मा, आशन लिम्बू , डम्बर लिम्बू ,रमेश लक्सम, बिक्रम आँखेवा, दिपेन माखिम , टंकेश लिम्बू र जेशिस लिम्बू निर्वाचित भएको जनाईएको छ ।

राहत जुटाईदै

कियाचु दक्षिण कोरियाको नवनिर्वाचित समितिले हालै नेपालमा आएको बाढीपहिरोबाट पीडित भएका परिवारलाई राहत जुटाउन थालेको छ । स्वदेशमा परेको विपतमा सघाउन चुम्लुङले प्रवासमा रहेर राहत संकलन अभियान थालेको हो । राहत संकलन जुटाउन समितिकी सदस्य पत्रिा थेवेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति समेत गठन गरिएको अध्यक्ष आङदेम्बेले जानकारी दिए । चुम्लुङले त्यहाँ संकलित राहत रकमलाई लक्षित समुदायसम्म पु¥याँउने व्यवस्था गरिने उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय