बिष्णुप्रसाद पोखरेल
अहिले सामाजिक सञ्जाल बाढिबाट प्रभावित तथा बिस्थापितहरुको पीडाले नै भरिएको छ । धमाधम रुपमा राहत बाड्ने काम पनि भइरहेको छ । तर अचम्म लाग्दो त के छ भने राहत बाड्न भनेर जाने कतिपयको कृयाकलापहरु भने अपाच्य रहेको छ । धेरै लाजमर्दो रहेको छ ।
एउटा पोको दिएर मुसुक्क मुस्कुराएर फोटो खिच्ने, सेल्फि खिच्ने, राहत बितरण गर्दा हाँसिहाँसि फोटो सेसन गर्नेजस्ता कार्यले पीडित र पीडाप्रति संवेदनशिलता भयो त ? यो हर्कतले पीडितलाइ पीडा थप्छ की राहत महसुस हुन्छ ? निस्वार्थ सामाजिक सेवा की फोटो खिच्ने अवस्थाको सिर्जना ? यि प्रश्नहरु उब्जिएकाछन् ।
कुनै पनि सस्था या ब्याक्तिहरुले फोटाहरु खिच्नुलाइ नराम्रो भन्न मिल्दैन । काम गरेका फोटाहरु राख्न तथा संग्रहित गर्न सकिन्छ । तर पीडित आँशु झार्दै राहत लिन हात पसारिरहेको छ तर दिने हातमा त्यो सामान बोकेर मुस्कुराउदै फोटो खिचिरहेको छ यो सुहाउदो बिषय हो ?
्
राहत बितरणको नाम आहात बनाउने, पीडामा परेर रोइरहेकाहरुका अगाडि गएर मुस्कुराउने कार्य सुहाउने काम देखिदैन । त्यस्ता फोटाहरु फेसबुकमा हालेर आफ्नो समाजसेवा भन्दै बिज्ञापन गर्नु लज्जाश्पद हो भन्ने लाग्छ । यस्तो कार्य कसैले पनि नगरिदिए हुन्थ्यो ।
लब्ध प्रतिष्ठित ब्याक्तिहरुदेखि लिएर जो कोहिले पनि सामाजिक सञ्जालमा हालेका तस्विरहरुदेखि लिएर सञ्चारमाध्यममा प्रकाशित भएका समचारहरुसम्ममा पनि त्यसै प्रकारको तस्विरहरु आइरहेकाछन् ।
यसले के देखाउछ भने हामी अरुको पीडामाथि रमाइरहेका छौ । अरुको रोदनमा मुस्कुराइ रहेकाछौ । हामी आफ्नो उदेश्य राहात बाड्ने की फोट खिच्ने हो भनेर भूलिरहेकाछौ । यस्तो कार्य रोकौ, बाढि पीडितको राहत र पुर्नस्थापनामा जुटौ ।



