बाढीपीडितलाई राहत र उद्धार गर्न मधेस झरेका हास्य कलाकार धुर्मुस रोएको दृश्य पनि देखियो ।

लालबन्दीकी एक महिला रत्नदेवी माझी डेढमहिना अघिको आगलागि पीडित रहिछन्, उनको आधाशरीर कुहिसकेको देखेपछि र जीवन मरणको अवस्थामा देखेपछि उनको उद्धारमा जुटेका कलाकार सीताराम कट्टेल धुर्मुस बर्दिवास जनसेवा अस्पतालमै धरधरी रोएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कलाकार त्यसै पनि भावुक हुन्छन्, उनको मुटु छियाछिया भयो र उनले आँसु रोक्न सकेनन् । धुर्मुस औषधि, राहत सामग्री, मेडिक टिमसहित सर्लाही पुगेर पानीमा हेलिदै धेरैलाई काँधमा बोकेर उद्धार गरिरहेका थिए ।

यही क्रममा उनले रत्नादेवी माझीको पनि उद्धार र उपचारको व्यवस्था मिलाएका हुन् । रत्नादेवीको अपरेशन नै गर्नुपर्ने भएपछि धुर्मुसले काठमाडौं लगेर उपचार गरिदिने व्यवस्था मिलाएका छन् । स्यावास धुर्मुस्, तिमीभित्रको मानवीयताका लागि ।न्यूज अभियान बाट