झापाको दमकमा डेढ दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका पत्रकार बिष्णुप्रसाद पोखरेल सम्मानित सम्मानित भएकाछन् ।
दमक उद्योग बाणिज्य संघले आफ्नो २७ औ स्थापना दिवस तथा २६ औ साधरणसभाको अवसर पारेर उद्योगि ब्यवसायि हकहितको क्षेत्रमा तथा आर्थिक बिषयमा निरन्तर कलम चलाएर यस क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरेको हो ।
१० हजार १ सय रुपिया सहित कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले सम्मान गरेका थिए ।
सोहि अवसरमा बाणिज्य संघका पूर्व अध्यक्ष गोबिन्द बस्नेत, ब्यवसायिहरु राधादेशी ढुंगाना र रामकृष्ण श्रेष्ठ पनि सम्मानित भएका थिए ।
पोखरेल पत्रकार मञ्च दमकका अध्यक्ष हुन् । गोरखापत्र दैनिकका दमक समचारदाता पोखरेल सवाल नेपाल डटकमका सम्पादक पनि हुन् ।



