नेपाल आइडलमा निशान भट्टराइलाइ जिताउने अभियानमा नै पूर्व जुरुक्कै उठेको छ । आफ्ना क्षेत्रको नभएर कला र गलाका कारण नै भट्टराइ नेपाल आइडलका लागि उपयुक्त ब्याक्ति भएको भन्दै दमक, उर्लाबारी लगायतका क्षेत्रमा स्वतस्फूर्त रुपमा अभियानहरु शुरु हुन थालेकाछन् ।

भट्टराइमा केहि कमी नभएपनि रकम अभाव र गरिबी कारण नेपाल आइडलबाट बञ्चित हुनु पर्ने अवस्था नआओस भनेर आफूहरुले सबैसंग भट्टराइको पक्षमा एसएमएस गर्न तथा सहयोग गर्न अपिल गरेको दमकमा बनेको समितिकी संयोजक कमला खनालले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जतिसकिन्छ प्रत्येक ब्याक्तिले कम्तिमा पनि एकसय भोट गरिदिन उनले आग्रह गरेकीछन् । प्रत्येकले एकसय एसएमएस गर्दा पनि भट्टराइ अघि आउन सहयोग पुग्ने उनले जनाइन् । निशान भट्टराइका बुबा नित्यानन्द भट्टराइले गहभरी आँशु झार्दै सहयोगका लागि याचना गरेकाछन् । उनले आफूसंग सम्पति नभएको बताउदै छोरालाइ अहिलेसम्म जनताको साहारामा नै यहाँ सम्म आइपुगेको भन्दै अझै साथ रहने अपेक्षा रहेको उनले जनाए ।

अब एसएमएुसमा नै निर्भर रहेकाले आफूसंग केहि नभएकाले सबै जनताको हातमा नै आइडल बनाउने जिम्मेवारी रहेको उनले बताए । टिलटिल आँखामा आशु झार्दै उनले हात जोडेर सबैसंग सहयोगको लागि अनुरोध गरेकाछन् ।

निशान भट्टराईलाई जिताउनको लागि  vote गर्ने तरिका  07 type गरेर त्यसलाई  35225 मा पठाइदिनुहोला। (बिहिबार राती ८.४५  देखि सुक्रबार दिउँसो १२  बजे सम्म)

अब बाट यहाँहरुले एउटा मोबाइल बाट जति पनि भोट  गर्न सक्नु हुनेछ।