वीरेन्द्र केएम (नयाँदिल्ली)
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्बन्धित एक प्रसङ्ग आज निकै रोचक बनेको छ । प्रधानमन्त्रीले मिडियालाई सम्बोधन गर्नेबेला उहाँले माइकमै आएर केही कुरा त बोल्नुभयो तर के बोल्नुभयो उहाँकै छेउमा उभिनुभएकी आरजु म्याडमले समेत बुझ्नुभएन । प्रसङ्ग आज विहिबार दिल्लीस्थित राष्ट्रपति भवनको हो, जहाँ उहाँलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

भारतीय सेनाले नेपाल र भारतको राष्ट्रिय गान पालैपालो बजाएर प्रधानमन्त्री देउवालाई चौतर्फी परिक्रमा गराइसकेपछि उहाँ मिडियालाई सम्बोधन गर्न आउनुभयो । उहाँ अब बोल्नुहोला तब बोल्नुहोला भन्ने आशमा पछाडि रहेका भ्रमण दलका अन्य सदस्यहरु प्रतीक्षारत थिए । तर, उहाँको अवाज सुनिएन ।

छेउमै रहनुभएकी पत्नी आरजु देउवाले ूकस्तो केही नसुनिएको माइक लिनु नू भन्ने आशयको इसरा दिनुभयो, अनि प्रधानमन्त्रीले माइक समाउनु पनि खोज्नुभो, तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले ‘ठिक है छोडिए’ भन्ने शैलीको इसारा दिनुभयो ।
देउवाले समाउन खोजेको माइक छोडिदिनुभयो । उता पछाडि रहेका भ्रमणदलका अन्य सदस्यहरु प्रधानमन्त्रीको आवाज सुन्न कुरेकोकुरै भए । तबसम्ममा उहाँको भाषण सकिसकेको थियो ।

पत्रकारहरु उहाँले के बोल्नु भो ? न्युज के बनाउने ? भन्दै एकअर्काबीच कानेखुसी गर्दै थिए, यहाँसम्म कि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले समेत उहाँले बोलेको केही सुन्न र बुझ्न सक्नुभएन । ‘अलिक मधुरो स्वरले बोल्नुभो, खोइ के बोल्नु भो के बोल्नु भो ?’ परियारले भने- ‘मिलाएर लेखौं न !’घटनारबिचारबाट



