भाग्य कतिखेर बदलिन्छ भन्नै सकिँदैन । भारतको हरियाणामा एकजनाको भाग्य बदलियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पसले गौरीशंकर उर्फ विक्कीले करीब ५६७ पुरानो मुसलमानी सिक्का भेटेका छन् । दुबईमा बस्ने एक व्यक्तिले यो ऐतिहासिक सिक्काको मूल्य दुई करोड ४० लाख रुपैयाँ दिन तयार भएका छन् । तर विक्की यसलाई चार करोड ८० लाख रुपैयाँमा बेच्न चाहन्छन् ।

उनले घरमा पुरानो सामान बेच्न खोज्दा एउटा पुरानो सन्दूकमा एउटा सिक्का पाए । उनले सिक्का सफा गर्दा त्यसमा ऊर्दूमा केही लेखिएको थियो । उनले यो ऐतिहासिक महत्त्वको सिक्का भन्ने त थाहा पाए र त्यसमा के लेखिएको हो थाहा पाएनन् ।

यसमा के लेखिएको कुरा पत्ता लगाउनका लागि मस्जिदको इमामकहाँ पुगे । इमाम त सिक्का देखेर छक्क परे । यो त सन् १४५० को बेलाको पो सिक्का रहेछ ।

त्यसमा मदीना शहर लेखिएको छ । करीब ५६७ वर्ष पुरानो सिक्काको फोटो आफ्ना मित्रहरूमार्फत दुबईसम्म पु–याए । त्यहाँका एकजनाले दुई करोड ४० लाख रुपैयाँ दिन तयार भए ।

एजेन्सी