दीपक सुबेदी
गौरादह/शुक्रवार गौरादहको न्यू शिव सिनेमा चलचित्र हलमा लगभग आठ महिनापछि चलचित्र चलेको थियो । लामो समयपछि हलमा भिन्नै प्रकृतिका दर्शक चलचित्र हेर्न गएका थिए ।
हलमा विहान एघार बजे र दिनको दुई बजेको सोमा डाक्टर, वकिल, नेता, व्यापारी तथा राजनीतिज्ञ लगायत विभिन्न पेशाका व्यक्तित्वहरुको उपस्थिति भने थिएन । थियो त शिक्षक र विद्यार्थीहरु मात्रको ।
विद्यार्थीहरुले पर्दामा साहित्यकार झमक घिमिरेको बाल्यकालको सङ्घर्षमय जीवनलाई आँखै अगाडि देखे–उनीहरु धेरैका आँशु थामिएनन् ।



