काठमाडौं । हरियाणाको पञ्चकुलामा गुरमीत राम रहीम बलात्कार आरोपमा दोषी ठहर्याइएपछि सिरसा अहिले एक भूताहा सहरको रुपमा परिणत भएको छ ।

हरियाणा प्रशासनले कफ्र्युको घोषणा गरेपछि सबै पसल बन्द भएका छन् भने गल्ली पनि सुनसान छन् । सिरसा त्यही सहर हो, जहाँ गुरमीत राम रहीमको डेरा सच्चा सौदाको मुख्यालय छ ।

सिरसाको हरेक कुनामा सेना तैनाथ

सिरसामा अहिले करिब ५ हजार सेना तैनाथ छन् र डेरा सच्चा सौदा परिसर आउने–जाने हरेक बाटो सिल गरेका छन् । मिडियालाई पनि सेनाले मुस्किलले उक्त मुख्यालयको २ किलोमिटरको दायरामा जान दिएका छन् ।

पञ्चकुलामा सीबीआई अदालतले फैसला सुनाउनु अघि सिरसामा यस प्रकारको सुरक्षा व्यवस्था पहिले कहिल्यै थिएन ।

राम रहीमको नाममा चल्छ टोकन

सिरसाका स्थानीय पत्रकार यो सहरलाई सहरभित्रको सहरको रुपमा अथ्र्याउँछन् । यहाँ पाइने अधिकांश सामानमा राम रहीम सिंहको महानताको बखान उल्लेख छ ।

यहाँ राम रहीम सिंह महल जस्तो देखिने भव्य भवनमा बस्ने गर्थे जहाँ होस्टल, रिसोर्ट र ८ सय एकड क्षेत्रफलमा फैलिएको आवासीय संरचना छ ।

यसका साथै राम रहीमले सहरमा एक ठूलो अडियोटोरियम बनाएका छन्, जहाँ राम रहीम सिंह सार्वजनिक सभा आयोजना गर्ने गरेका थिए । जहाँ हजारौं मानिस उपस्थित हुने गरेका थिए र उनका भक्तले उनलाई साष्टांग प्रणामसमेत गर्ने गर्थे ।

समर्थक पहिलेदेखि नै थिए तयार

शुक्रबार यस्तो लाग्थ्यो कि राम रहीमका समर्थक हमलाको स्थितिमा परिसरको सुरक्षाको लागि तयार थिए । यता प्रशासन पनि डेरा सच्चा सौदाको आश्रममा घुस्नको लागि तयार रहेको जस्तो देखिन्थ्यो ।

सुरक्षाबलका एक अधिकारीले नाम नबताउने सर्तमा अहिले उक्त परिसरमा प्रवेश नदिने तर त्यहाँ रहेका मानिसलाई आश्रम छोड्न दिने रणनीतिमा रहेको जानकारी दिए । अहिले प्रशासनको प्राथमिकता कानुन व्यवस्था बनाइराख्नेमा केन्द्रित छ ।

गुरमीत राम रहीम सिंह उपरको मुद्दामा सोमबार अन्तिम फैसला सुनाउन पेसी तोकिएको छ र सोमबार पनि हिंसा भड्किने सम्भावना रहेको छ । दुई बलात्कारको मामलामा उनलाई ७ सालको सजाय र उमेर कैदको फैसला हुन सक्ने सम्भावना प्रबल छ ।

– बीबीसी हिन्दीबाट

बाह्रखरी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah