स्पेनमा भएकाे एक प्रदर्शनमा साे देशका राजा पनि सडकमा प्रदर्शन गर्दै उत्रिएका छन् । बार्सिलोना सहरमा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरे । प्रदर्शनमा सर्वसाधारणसँगै साे देशका प्रधानमन्त्री मारिआनो राखोय पनि सहभागी भए ।
सन् १९७० को दशकमा स्पेनमा राजतन्त्र पुनर्बहाली भएपछि प्रदर्शनमा सहभागी हुने फेलीपे छैठौं पहिलो राजा हुन्। सन् १९७५ मा तत्कालीन सैनिक तानाशाहको मृत्यु भएपछि स्पेनमा राजतन्त्रको पुनर्बहाली भएको थियो।
स्वायत्ताको माग गर्दै लामो समयदेखि भइरहेको संघर्षमा प्रयोग गरिँदै आएको क्याटालोनियाको सयौं झण्डाका पछाडि राजा र प्रधानमन्त्री देखिएका थिए। उक्त प्रदर्शन “म डराएको छुइनँ” लेखिएको ठूलो ब्यानर बाेकेर प्रदर्शन भएकाे थियाे ।
यही अगस्ट १७ तारिखमा हिँडिरहेका मानिसहरुमाथि भ्यान जोताइएको थियो। साे घटनाकाे इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो।




