काठमाडौं, १३ भदौ– अमेरिका र संयुक्त राष्ट्रसंघको चेतावनी र नाकाबन्दीलाई बेवास्ता गर्दै उत्तर कोरियाले मंगलबार बिहानै जापानको होक्काइडो टापुको उत्तरमा रहेको इरिमोमिसाकीमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ ।

सन १९९८ पछि उत्तर कोरियाले जापानमाथि पहिलो पटक यो सफल मिसाइल आक्रमण गरेको संचारमाध्यमहरुले जनाएका छन् । उत्तर कोरियाले किम जोङ उनको सत्तालाई समाप्त पार्न अमेरिकाको नेतृत्वमा अन्तराष्ट्रिय गठबन्धन भएको भन्दै त्यसलाई सफल हुन नदिने बयान दिंदै आएको छ । उसले अन्तराष्ट्रिय नाकाबन्दीलाई कुनै महत्व दिएको छैन ।

प्योङयाङको यो आक्रमणलगत्तै जापानले उक्त क्षेत्रका आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ रहन आग्रह गरेको छ । जापानी प्रधानमन्त्री सिन्जो अवेले क्षेप्यास्त्र प्रहारलाई ‘गम्भीर खतरा’ भन्दै त्यसको भत्र्सना गरेका छन् । अमेरिका, जापान र दक्षिण कोेरियामाथि मिसाइल आक्रमण गर्ने चेतावनी दिंदै आएको उत्तर कोरियाले मंगलबार आक्रमण सुरुगरेको हो । उत्तर कोरियाको राजधानी प्योङयाङ नजिकबाट क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ, जुन बिरलै हुने गरेको सीएनएनले जनाएको छ ।

जापानी समय अनुसार, बिहान ६ बजेभन्दा ठिक अघि क्षेप्यास्त्र प्रहार गरिएको थियो । प्रशान्त महासागरीय समुन्द्रमा खस्नुअघि क्षेप्यास्त्र तीन टुक्रामा बिभाजित भएको थियो । आकासमा करिव १५ मिनेट रहेको उक्त क्षेप्यास्त्रले आफ्ना पानीजहाज र हवाईजहाजम कुनै क्षति भएको रिपोर्ट प्राप्त नभएको जापानले बताएको छ । मुख्य सचिव योसिहिले सुगाले आपतकालीन पत्रकार सम्मेलन गर्दै त्यसको क्षतिको प्रतिवेदन आइनसकेको बताउनुभएको हो ।

आक्रमणलगत्तै प्रधानमन्त्री अवेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा ४० मिनेट लामो वार्ता गनुभएको थियो । दुबै सरकार प्रमुखबीच तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन राष्ट्रसंघलाई आब्हान गर्ने र उत्तर कोरियामाथि थप दबाब सृजना गर्ने सहमति भएको छ । राष्ट्रपति ट्रम्पले आफू शत प्रतिशत जापानको पक्षमा भएको बताउनुभएको समेत समाचारम जनाइएको छ । उता, दक्षिण कोरियाले भने उत्तरको आक्रमणबाट बच्न र आक्रमणलाई सफल हुन नदिने लडाकु जहाजहरु आकासमा उतारको जनाएको छ ।

प्योङयाङले तीन वटा छोटो दुरीका आणविक क्षेप्यास्त्र परिक्षण गरेको तीन दिनपछि यो आक्रमण भएको हो । यो परिक्षणले उत्तर कोरियाको आत्माबिश्वास बढेको देखिन्छ । चक्रपथमा खबर रहेको छ

उत्तर कोरियालाई आणविक हतियार निर्माण नगर्न र त्यस्ता हतियारको परिक्षण नगर्न चीन र रुसले समेत दबाब दिएका छन् । तर उत्तर कोरियाली शासकले बेइजिङ र मस्कोलाई समेत बेवास्ता गर्दै आफ्ना परिक्षण नरोक्ने व्यवहारबाटै प्रमाणित गरेको छ ।

जोएको ट्विटरमा रहेको भिडियो हेर्नुहोस्:

I woke up with a Siren and an announcement that North Korea launched a missile that would possibly hit cities within Hokkaido. pic.twitter.com/RGiflzTqJT

— Joe (@jtnarsico) August 28, 2017

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah