नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नं. २ मा एमालेलाइ रोक्ने कोशिस नगर्न चेतावनी दिएकाछन् । उनले राजपाले एमालेको कार्यक्रममा हस्तक्षेप गर्न खोजेको प्रति इकित गर्दै आफूहरुको धैर्यतालाइ कमजोरी नठान्न चेतावनी दिएकाछन् । उपचार गरेर थाइल्याण्डबाट फर्कने क्रममा त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा भएको पत्रकार सम्मेलनमा ओलीले भने “संविधान संशोधन प्रकृयामा सहभागी भएपछि परिणाम स्वीकार्न गाह«ो भएजस्तो देखियो,” ओलीले भने, “एमाले प्रतिवादमा आउन नपरोस् । आक्रमण गर्दा चुप लागेर बस्ने कुरा हुँदैन । यसबारेमा निर्वाचन आयोगले हेर्नुपर्ने भए पनि हेरेको छैन ।”

अध्यक्ष ओलीले चुनाव दुई चरणमा गर्दा सरकार र निर्वाचन आयोग कसैले पनि छलफल नगरेको बताउँदै ११ दिनको समय धेरै लामो हुने बताए । “दुई चरणमा होइन, एकैचरणमा गरौं,” उनले भने, “यसले परिणाममा असर पुर्याउँछ । पहिलो चुनावले दोस्रोलाई असर पर्छ ।

निर्वाचन मन्त्रिपरिषदले निर्णय गर्ने भन्दा पनि दलहरुको परामर्शमा निर्वाचन आयोगले गर्नुपर्छ ।” उनले सरकारको विश्वसनीयता नभएको बताउँदै भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । उनले अहिलेसम्म एमालेले प्रदेश नम्बर दुईको चुनावका लागि उमेदवारको टुंगो नलागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah