१८ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री राख्न सरकारीनिवास अपुग भएपछि एकजना राज्यमन्त्री हातहतियारसहितको सुरक्षा गस्तीसहित विद्यालय हातामा बस्दै आएका छन् ।School (1)

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल (टीएल) चौधरी ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित नाइटिंगेल स्कुलभित्र सुरक्षा पोस्टसहित बसेका छन् । सरकारले शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरे पनि राज्यमन्त्री चौधरी १२ दिनदेखि स्कुलभित्रै नेपाली सेनाको सुरक्षा पोस्टसहित बसिरहेका छन्, राजधानी दैनिकमा खबर छ ।

विद्यालय हाताभित्र हातहतियारसहित सुरक्षाकर्मी बस्न नपाउने, बन्द, हडताल या ¥यालीमा विद्यार्थी प्रयोग गर्न नपाइनेलगायत नीति छ । तर मन्त्री चौधरी भने डेरा नपाएको भन्दै आफ्नै विद्यालयमा बस्दै आएका छन् । राज्यमन्त्रीको शपथग्रहणलगत्तै सरकारले उपलब्ध गराएको सुरक्षा टोलीसहित उनी विद्यालयको को ‘सी’ ब्लकको माथिल्लो तल्लामा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय