उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘हाइड्रोजन बम’ निरीक्षण गरेको तस्वीर सार्वजनिक गरेको छ । आइतवार नै उत्तर कोरियाले ‘हाइड्रोजन बम’ परीक्षण गरेको समाचारले विश्वमा तरंग ल्याइदिएको छ । गत मंगलवार जापानको आकाशमा मिसाइल परीक्षण गरेर अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याएको उत्तरले आइतवार ‘हाइड्रोजन बम’ परीक्षण गरेको समाचार बाहिर आएको हो । ‘हाइड्रोजन बम’ परीक्षणका कारण कोरियाली प्रायद्वीपमा भूकम्पको धक्का महसूस गरिएको थियो । उत्तरका पछिल्ला क्रियाकलापप्रति रुष्ट अमेरिका र जापानले उसमाथि सैन्य कारवाही गर्न सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरमाथि सबै प्रकारका कारवाहीको बाटो खुलेको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाली नेता किमले परमाणु हतियार विकासका लागि वैज्ञानिकहरूलाई निर्देशन दिएका छन् ।
किम जोङले यसरी मच्चाए तहल्का
सवाल नेपालसंवाददाताआइतबार, १७ भदौ २०७४

किम जोङले यसरी मच्चाए तहल्का
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



