काठमाडौं । उत्तर कोरियाका सनकी तानाशाह किम जोङ उनले दुई दिनअघि हाइड्रोजन बमको परीक्षण गरेपछि विश्वभर हलचल मच्चिएको छ ।

उक्त बमको धमाका यति ठुलो थियो कि चीनसम्म पनि भूइचालोको झटका महसुस गरियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बीबीसीमा प्रकाशित सामाग्रीअनुसार उत्तर कोरियाले जति मन लाग्छ त्यति यस्ता हतियार बनाउन सक्छ । उता पाकिस्तानले पनि एटम बम बनाइसकेको छ । बेला बेलामा भारतमाथि आक्रमण गर्ने चेतावनी दिइरहेको छ । हुन त कसैले एटम बम प्रहार गर्न निकै कठिन छ । तर भइहालेमा हामीले के गर्ने ? के हामी त्यो अवस्था सहन तयार छौं ?

एटम बमले पार्ने प्रभाव हिरोसिमा र नागाकासीमा देखिसकिएको छ । अमेरिकाका प्रोफेसर एलेक्स वालेरस्टाइनकले आफ्नो साथीहरुसँग मिलेर आम मान्छेलाई नागरिक सुरक्षाको लागि जागरुक गर्ने काम गरिरहेको बताए । उनले न्यूक्लियर हमला भएमा कसरी जोगिने भन्ने सन्दर्भमा जनसमुदायलाई जनाकारी गराइएको बताएका छन् ।

यसको आवश्यता किन पनि छ भने आज पनि संसारमा करिब १५ हजार यस्ता हतियार रहेका छन् । जुन रुस र अमेरिकासँग सबैभन्दा बढी रहेका छन् ।

रेडिएशनबाट कसरी बच्ने ?

यसको असरबाट बच्न घरभित्रै नै सुरक्षित मानिन्छ । घरभित्र रेडियसनको भारी असरबाट जोगिन सकिने समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले परीक्षण गरेको बमले धेरै देशको निद्रा विथोलेको छ । जापानले त कतिपय गाउँमा माक ड्रिलको सहयोगमा जनसमुदायलाई जागरुक गर्ने काम सुरु गरिसकेको छ ।