दमक
दमक बहुमुखि क्याम्पस स्ववियू सचिब रोशन भण्डारी मोटरसाइकल दूर्घटनामा परेर घाइते भएकाछन् । झापाको शिवसतासी नगरपालिकाको झिलझिलेमा उनि मोटरसाइकल दूर्घटनामा परेकाहुन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कुन्दन देबका अनुसार भण्डारीको अवस्था अहिले सामान्य रहेको छ । उनलाइ उपचारका लागि बिर्तामोडस्थित बिएण्डसि अस्पताल लगिएको छ ।
खसिले बाटो काट्न खोजेपछि जोगाउदा मोटरसाइकल अनियन्त्रित भएको दूर्घटना भएको पाइएको देबले जानकारी दिए ।



