जेलमा बन्द गुरमीत सिंह अर्थात रामरहीमको अनेकौ रहस्यको पर्दा उघ्रने बेला भएको छ । मंगलबार उच्चअदालतले हरियाणा सरकारलाई सिरसाको डेरा मुख्यालायको खानतलासीको अनुमति दिएको छ ।
बुधबार कुनै पनि सयम हरियाणा प्रहरी, उच्च अदालतका कश्रिनरका साथ डेरा मा प्रवेश गर्दै तलासी अभियान शुरु गर्न सक्छ । यसका लागि सुरक्षाको पूर्ण व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचारहरुका अनुसार हरियाणा सरकारले डेराको सम्पत्तिको जाँच न्यायिक अधिकारीले निगरानीमा राख्नका लागि याचिका दायर गरेको थियो, जसलाई हाइकोर्टले अनुमति दिएको हो ।
जाँचको निगरानीका लागि पानीपतका पूर्व न्यायधिश अनिल कुमार पावललाई नियुक्ति गरिएको छ ।
सिरसा अपरेशनका लागि एक आईएएस तथा चीफ आईपीएसलाई जिम्मा लगाइएको छ । अर्धसैन्यवल तथा हरियाणा प्रहरीका जवान तलाशीका लागि तयार भएर बसेका छन् ।
राजाको जस्तो शानका साथ बसेका रामरहीमको आश्रममा यस्ता हजारौं राज लुकेको बताइएको छ । डेरामा अहिले रामरहिका छोरा छोरी र पत्नीसमेत नभएको बताइएको छ । हनीप्रीत त बाबा जेल परेको दिन देखिनै गायव भएकी छिन् ।
डेरा सच्चा सौदासँग जोडिएका हरियाणाका सवै १३३ आश्रममा तलाशी पहिल्यै गरिको थियो जसमा ठूलो मात्रामा लाठी, डंडा तथा पेट्रोल बम फेला परेको थियाृ । जहाँ ठूलो संख्यामा पेस्तोल तथा राइफल समेत फेला परेका थिए ।
करिब ८०० एकडमा फैलिएको राम रहीमको साम्राज्यको अत्यन्त्य गोप्य हरेक विषयलाई छानविन गरि सवुतको रुपमा राखिने छ ।



