झापाको दमक–५ का एक युवा सुत्केरी श्रीमतीलाई अलपत्र पारेर बेपत्ता भएका छन्। २७ वर्षका रेवत कटुवाल ७ दिनकी सुत्केरी श्रीमती तृष्णा कटुवाललाई छाडेर बेपत्ता भएका हुन्।

२२ वर्षीया तृष्णाकोे माइती पक्षले रेवतले अर्की युवती भगाएको आरोप लगाएका छन्। उनीहरुले रेवतको खोजीका लागि प्रहरीमा उजूरी गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिर्तामोड–६ स्थित नमूना होटलमा कार्यरत अन्जली खानसँग रेवतको लामो समयदेखि अवैध सम्बन्ध रहेको तृष्णाको माइती पक्षको दाबी छ। रेवतमाथि  ससुरालीबाट प्राप्त नगद र सुनचाँदीसमेत लिएर फरार भएको उजूरी परेको  छ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसी दीपक गिरीका अनुसार रेवतले यसअघि पनि अन्जलीलाई लिएर भागेका थिए। ‘यसअघि पनि भागेका रहेछन्। फेरी पनि भागेछन्। हामी खोजी गरिरहेका छौँ,’ गिरीले भने। थाहाखबर