रुकुम मुसीकोटकी १४ वर्षिया निमा (नाम परिवर्तित) गत जेठ १६ मा जिल्ला अदालत पुगिन । आफन्तसहित अदालत पुगेकी उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा उनलार्इ हेर्नेकाे लामै भिड लाग्याे ।नयाँपत्रिका मा समचारछ ।
१४ वर्षकै कलिलो उमेरमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न अदालत पुगेकी निमालाई देखेर सबैजना अचम्मित भए । अझ अचम्मको कुरा त उनको २ महिना अघिमात्र रोल्पाको दुईखोली गाउँपालिकाका १७ वर्षीय बालकसँग बाल विवाह भएको थियो ।
विवाह भएको केही दिन पछिनै उनीहरुबिचमा खटपट सुरु भएको आफन्त बताउँछन् । एकआपसमा मेलमिलाप हुन नसकेपछि सम्बेन्ध विच्छेदको मुद्दा लिएर जिल्ला अदालतमा आएको जिल्ला न्यायधिश डण्डपानी शर्माले बताए ।
न्यायधिश शर्माका अनसार, उनको मुद्धा हाल बहसकै क्रममो छ । निमा जस्ता बालिका सम्बन्ध बिच्छेदका मुद्दा लिएर जिल्ला अदालतमा आउने क्रम बढेको न्यायधिश शर्मा बताउँछन् ।



