भारतको हैदारावादमा रहेको एक विद्यालयमा कक्षा ५ मा पढ्ने एक छात्रालाई उनका शिक्षकले विद्यालय पोशाक नलगाएको विषयमा शौचालयमा लामो समयसम्म उभिन लगाए ।
बालिकाकी आमाले बच्चीको डायरीमा पोशाक फोहोर भएका कारण आउट डे«स लगाएर पठाएको लेखेर पठाएपनि शारीरिक शिक्षा पढाउने ती शिक्षकले बालिकालाई कठोर सजाय दिएका थिए ।
बालिकाका पिताका अनुसार जब उनी विद्यालयबाट घर फर्किन विद्यालय नजाने रटान लगाउन थालिन् । उनले घरको काम भाँडा माझ्ने, कपडा धुने गर्ने तर विद्यालय नजाने अडान लिन थालिन् ।
११ वर्षकी बालिकालाई विद्यालयमा दिइएको सजायले यति चोट पुर्यायो की फेरी विद्यालय जानै मन लागेन । उनका घरपरिवारले उनलाई मनोचिकित्सककोमा लगे ।
चिकित्सकले ती बालिका डिप्रेसनको शिकार भएको बताए । अहिले उनको उपचार भइरहेको छ । बालिकाका परिवारले उक्त शिक्षक विरुद्ध मुद्दा दायर गरेका छन् । विद्यालयका प्राध्यापकलाई उद्धित गर्दै बीबीसीले जनाएअनुसार सजाय दिने शिक्षकलाई विद्यालयबाटद रेष्टिकेट गरिएको छ ।



