एजेन्सी । एकातर्फ समाजमा आधुनिकता मौलाइरहेको छ भने अर्कोतर्फ यसले मानिसको जीवनमा थुप्रै चुनौतिहरु बढाइरहेको छ । तनावसँग जुधिरहँदा समाजमा आत्महत्या गर्नेको सङ्ख्या पनि उत्तिकै वृद्धि भइरहेको छ । केही दिनअघि मात्र दुई आत्महत्याका घटना खबरमा आएका थिए जसमा दुवै युवतीहरुले विषसँग सेल्फी खिचेर आफ्नो जीवनको अन्त्य गरे । त्यस्तै अर्का व्यक्तिले पनि फेसबुकमा लाइभ भिडियो मै आत्महत्या गरेका थिए ।

यसरी आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी युवा रहने गरेको बताइएको छ । बाहिरी रुपमा उर्जाले भरिएका हँसिलो चम्किलो अनुहार भएका युवाहरु भित्रभित्रै खोक्लो जीवनको शिकार भइरहेको हामीलाई पत्तै हुँदैन । त्यस्तो बेलामा कसैले समर्थन, सहयोग र साहयता पायो भने उसको समस्या समाधान होला तर कसैको साथ नपाउनेहरु भने मर्नेबारे सोच्न थाल्छन् ।

यस्तो समयमा आखिर मानिसले के सोच्छ त ? अात्महत्या गर्नुकाे पछाडि उनीहरुकाे मुख्य लक्ष्यबारे अाज हामी बताउन जाँदैछाैँ ।
१. मेरो दुःख सबैभन्दा ठूलो दुःख
सामान्यरुपमा आत्महत्या गर्नेले आफू मरेपछि सबै समस्या अन्त्य हुन्छ भन्ने सोच्छ । वास्तवमा यो सत्य होइन किनकी मर्ने मानिस त मरेर जान्छ तर उसका परिवार र नजिकी आफन्तहरुले पहिलेभन्दा धेरै समस्या झेल्नुपर्ने हुन्छ । आत्महत्या गर्ने मानिस तनावमुक्त भएतापनि जीवित मानिसहरुलाई भने यसले जिउँदै मरेको अनुभव गराउँछ ।

२. ध्यान केन्द्रित गराउन
आजकलको चलनचल्तीमा लाइभ सुसाइड गर्ने ट्रेन्ड चलेको पाइएको छ । आफ्नै हत्या गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड उनीहरु दुनियाँभरका मानिसलाई आफ्नो स्थिति देखाउने गर्छन् । मानिसहरुबाट सहानुभूति, समर्थन पाउन र ध्यान केन्द्रित गराउनका लागि पनि आत्महत्याको कोशिश गरेको घटना धेरै भेटिएको छ ।

३. ज्यान लिनु सबैभन्दा सजिलो उपाय
आत्महत्या गर्ने मानिसहरु आफ्नो मृत्युले नै सबै समस्या हल गराउने कुरामा विश्वास गर्छन् । उनीहरुमा ज्यान लिनु सबैभन्दा सजिलो काम हो भन्ने गलत सोचाई रहेको हुन्छ ।

४. मर्नु बाहेक कुनै उपाय फेला नपार्नु
भन्ने गरिन्छ कि एकपटक आत्महत्या गर्न कोशिश गरेको मानिसले बारम्बार त्यस्तो प्रयत्न गरिरहन्छ । तर, उसलाई सहि बाटो देखाएर उसको सोचलाई सकारात्मक बनाउन सकियो भने हामीले उसलाई बचाउन सक्नेछौँ । आत्महत्या गर्ने व्यक्तिले आफ्नो समस्याको उपाय मृत्यु बाहेक केही नरहेको ठानेको हुन्छ ।

५. मरेपछि स्वर्ग पुगेर सुख पाइन्छ
कतिपय मानिसहरुको प्रवृति अरुको कुुरामा सजिलै विश्वास गर्ने खालको हुन्छ । अन्धविश्वासका कारण उनीहरु मृत्युको मुखमा पुगेकाहरुले स्वर्ग देखेको जस्ता बनावटी कुरा पत्याउने गर्छन् । मरेपछि आरामै आराम पाइन्छ र स्वर्ग पुगिन्छ भन्ने भ्रमका कारण पनि मानिसहरु आत्महत्या गर्ने गर्छन् ।साझा पेजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah