जनकपुर : राष्ट्रिय जनता पार्टी नेपालको जनकपुरस्थित बुथ कार्यालयमा शुक्रबार भएको तोडफोडमा नेपाली का‌ंग्रेसका नेता-कार्यकर्ताको स‌ंलग्नता रहेको आरोप राजपाले लगाएको छ।

घटनामा राजपाका २ कार्यकर्ता घाइते भएको राजपा धनुषाका जिल्ला संयोजक संजयकुमार शाहले बताए। राजपाको जनकपुर मूरली चोकस्थित वडा नं. ४ को बुथ कार्यालयमा भएको तोडफोडमा जनकपुर उपमहानगरपालिका प्रमुखको उम्मेदवार रहेका कांग्रेसका मनोज शाहको संलग्नता रहेको राजपाको आरोप छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘राजपा जनकपुरको बुथ कार्यालयमा रातिको करिब ९ बजे आक्रमण हुँदा हाम्रा २ कार्यकर्ता घाइते भएका छन्। घाइते दुबै अहिले सम्पर्कविहीन छन्। नेपाली काँग्रेस मेयरका उम्मेदवार मनोज शाहसहितका व्यक्तिहरुले आक्रमण गरेका कारण यस्तो अवस्था सिर्जना भएको हो,' शनिबार भएको पत्रकार सम्मेलनमा स‌ंयोजक संजय शाहले भने,' घाइते भएका मुकुन्द झा रवि झालाई जनकपुर अञ्चल अस्पतालबाट डिस्चार्ज गरी प्रहरीको घुमुवा टोलीले घरसम्म पुर्‍‍याएको भनिएको थियो। तर उनीहरु दुबै अहिले सम्पर्कविहीन छन्। उनीहरुलाई बेपत्ता पार्ने काम भएको छ।’

संयोजक शाहले यस विषयमा जानकारी गराउँदा पनि स्थानीय प्रशासनले बेवास्ता गरेको बताए। उनले यस्ता घटना दोहोरिन नदिन निर्वाचन आयोग, स्थानीय प्रशासन, मानव अधिकार आयोग लगायतका संघ संस्थासंग आग्रह गरे। थाहा खबर बाट सभार